logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

पूर्व वडाध्यक्ष मृत्यु घटना : एमाले सर्लाहीले ३ दिन औपचारिक कार्यक्रम नगर्ने


  • उज्यालो अभियान

कविलासी, ०८ भदौ – नेकपा एमाले सर्लाहीले आफ्ना जिल्ला कमिटी सदस्य तथा कविलासी ४ का पूर्व वडाध्यक्ष अरविन्दकुमार यादवको मृत्युमा दुःख व्यक्त गर्दै ३ दिन कुनै पनि औपचारिक कार्यक्रम नगर्ने भएको छ ।

जिल्ला अध्यक्ष राजनारायण साहले आज एक विज्ञप्ती जारी गरी जिल्लामा रहेका विभिन्न तहका पार्टी कार्यालयमा आधा झण्डा झुकाउने र ३ दिनसम्म पार्टी र जनसंगठनका कार्यक्रम नगरिने उल्लेख गरेका छन् । विज्ञप्तीमा दुर्घटना शंकास्पद समेत रहेकाले निष्पक्ष छानविन गर्न प्रहरीसँग आग्रह गरिएको छ ।

४३ वर्षीय यादवको गएराति बरहथवामा भएको मोटरसाइकल दुर्घटनामा ज्यान गएको थियो ।