logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लैङ्गिक समावेशीताको बारेमा सरोकारवाला नै अन्यौलमा


  • उज्यालो अभियान

हरिपुर, ०६ भदौ – सर्लाहीको लालवन्दीममा आयोजीत एक कार्यक्रममा नेपालको सन्दर्भमा अन्तवर्गीयता, अपाङ्गता/लैङ्गिक समावेशीताको अवस्थाबारे स्थानीय सरकार अनविज्ञ रहेको एक तालिमका सहभागीहरुले बताएका छन् ।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा शिडा संकल्प परियोजना अन्तर्गत ग्रामिण नारी उत्थान संघको आयोजनामा ईश्वरपुर र हरिपुर नगरपालिका बाल क्लब स्तानीय संघसस्था नगर पालीकाका शिक्षा , स्वास्थ्य ,महिला तथा बाल बालीका साखा लगायतसँग गरिएको तालिममा सहभागीले अन्तवर्गीयता /लैङ्गिता र समावेशीबारे संविधानमा रहेको दस्तावेजीकरण सम्बन्धी विहिवार सम्पन्न गरेको दुई दिने तालिममा सहभागी नागरिक समाजका अगुवा तथा कर्मचारीहरुले यस्तो बताएका हुन् ।

ग्रामिण नारी उत्थान संघका अध्यक्ष्य गोमादेबी न्यौपानेको अध्यक्षमा कार्यक्रम सम्पन्न भएको ग्रामिण नारी उत्थान संघका सचिव सूर्य चालिसेले जानकारी दिए ।

समाजको सबै वर्ग फरक क्षमता भएको व्यक्ति लगायत सबैले राज्यको सेवा , सुविधामा पहुँचबारे जिल्लाका २० वटामध्ये एउटै पनि स्थानीय तहले उदाहरणीय काम गर्न नसकेको सम्वन्धित ऐन बनाउन नसकेको ईश्वरपुर नगरपालिकाका सामाजिक अगुवा साधुराम मैनालीले बताए ।

यी संवेदनशील विषयहरूबारे हिजो र आजको तुलनामा समावेशिताको सिद्धान्त कार्यन्वन भएको छ कि छैन लगायतको विषयमा दुई पालिकाको सामाजिक अभियन्ता स्थानीय सरकारका कर्मचारी र बाल संजालका प्रतिनिधि बीच गहन छलफल भएको आयोजक संस्थाका परियोजना संयोजक धिरेन्द्र चौधरीले जानकारी दिए ।