फाइल तस्बीर ।
गोडैता, ०५ भदौ – सीमावर्ती क्षेत्रस्थित सर्लाहीको गोडैता नगरपालिका–१२, मधुवनीगाउँमा अरिवल वर्षाका कारण एउटा घर भत्किएको छ ।
अविरल वर्षापछि मधुवनीगाउँका रामआधार रामको कच्ची घर पूर्णरुपमा भत्किएको हो । आज बिहान ४ बजेतिर कच्ची घर भत्किए पनि मानवीय क्षति भने टरेको प्रहरी चौकी मधुवनीगाउँले जनाएको छ ।
बाँसले बनेको कच्ची घर भत्किँदा गरिब तथा दलित राम (चमार) परिवारको १५ हजार रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
मजदुरी गरेर गुजारा धान्ने राम परिवार घर भत्किएपछि बिच्चलीमा परेको छ ।