हरिवन, ०४ भदौ – हरिवन नगरपालिका १ कैलाशपुरीस्थित मानवसेवा आश्रम सर्लाही शाखाको अभिभावक संयोजकमा सीताराम पोखरेल चयन भएका छन् ।
अभिभावक भेलाले हरिवन ९ का निवर्तमान वडाध्यक्ष पोखरेललाई सर्वसम्मत रुपमा आश्रमको अभिभावक संयोजक चयन गरेको हो । हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीको अध्यक्षता तथा मानवसेवा आश्रमका संस्थापक प्रमुख एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीको प्रमुख आतिथ्यमामा विशेष भेला बसेको आश्रमले जनाएको छ ।
यस्तै भेलाले अभिभावक शारदा थापा र विप्लव कार्कीलाई सहसंयोजक चयन गरेको छ । १५ सदस्यीय समितिमा सबै क्षेत्रलाई समेटिएको छ । यस्तै स्थानीय तह समन्वय समिति संयोजकमा दुर्गा नारायण श्रेष्ठ, औषधी उपचार प्रवद्र्धन समिति संयोजकमा सौर्य प्रताप सिंह, उद्धार तथा पारिवारीक पुनर्मिलन समिति संयोजकमा सुनिता राई र अभिभावक परिवार समन्वय समिति संयोजकमा शुकदेव कार्की चयन भएका छन् ।
भेलाले हरिवन–१ का वडा अध्यक्ष टम बहादुर घिसिङ, ९ का वडाध्यक्ष कोकिलानन्द उप्रेती, समाजसेवी भरतकुमार कार्की, चूडामणी वाग्ले र तारा पोखरेललाई मानवसेवा आश्रम सर्लाही शाखाको सल्लाहकारमा मनोनित गरेको छ ।
त्यसैगरी हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल), उपमेयर हरि माया घलान, सर्लाही क्षेत्र नं. ३ का सांसद हरि प्रसाद उप्रेती, प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहा, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुखलाई आश्रमको सर्लाही शाखा संरक्षकमा मनोनित गरेको छ ।