logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बाँके जंगलमा हायस पल्टिँदा ६ जना यात्रु घाईते


  • उज्यालो अभियान

फुलजाेर, ०३ भदाै – काठमाडाैंबाट सर्लाहीकाे गाेडैतातर्फ आउँदै गरेकाे ईभी हायस पल्टदा ६ जना यात्रु घाईते भएका छन् ।

ईश्वपुर नगरपालिका-१२ बाँके जंगलखण्ड स्थित अमुवापूल नजिकै महेन्द्र राजमार्गबाट बा.प्र.-०६-००१ ज ००६६ नम्बरको हायस साेमबार बिहान पाैने ७ बजे पल्टिएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक श्रेष्ठले जानकारी दिए । आफै अनियन्त्रित भई राजमार्गको दाहिने साईडमा पल्टिन जादाँ हायसका चालक सहित १२ जना सवार मध्ये ६ जना यात्रु सामान्य घाईते भएकाे प्रहरीले जनाएकाे छ ।

घाईतेहरुमा गोडैता नगरपालिका-९ बकैनिया निवासी २८ वर्षीय सरोज कुमार चौधरी, २४ वर्षीय शुशिल कुमार चौधरी, २३ वर्षीय चुनचुन महतो,२६ वर्षीय रामजी पासवान, १९ वर्षीय सुमन महतो र गाेडैता-२ निवासी २७ वर्षीय नबिन महतो रहेका छन् । घाईतेहरुकाे लालबन्दी स्थित मोडेल अस्पतालमा उपचार भईरहेकाे प्रहरीले जनाएकाे छ । हायस चालक कबिलासि नगरपालिका-८ पुलिस चौकीटोल निवासी ३३ वर्षीय प्रमोद महतोलाई मापसे परीक्षण गर्दा फेला नपरेकाे समेत प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।