फाइल तस्बीर ।
बरहथवा, ०३ भदौ – सर्लाहीमा आज दिउँसोपख जिल्लाका अधिकांश भेगमा पानी पर्दा स्थानीयले गर्मीबाट तत्काललाई राहत पाएका छन् ।
बिहानभर टन्टलापुर घाम लागेर अत्यधिक गर्मी भएकोमा दिउँसोपखबाट मौसम बदली भएर जिल्लाको धेरैजसो भूभागमा पानी परेको हो । अहिले प्रायः खण्डवृष्टि भई एक ठाउँमा पानी पर्ने तर नजिकै अर्को ठाउँमा पानी नपर्ने भइरहेको छ ।
३/४ दिनदेखि अत्यधिक गर्मी खेपिरहेका स्थानीयले आज भने पानी परेर मौसम बद्ली भएपछि शित्तलताको महशुस गरेका छन् । पानी नपरेको ठाउँमा पनि मौसम बद्ली भएपछि गर्मी घटेको छ ।
यो वर्ष भदौ पहिलो सातासम्म बेलाबेलामा वर्षा भइरहँदा वर्षदिनभर खाने धान बाली राम्रोसँग हुर्किरहेको भन्दै किसान खुसी रहेका छन् ।
आकाशे वर्षाको भरमा खेती हुने क्षेत्रमा समेत यो वर्ष धानका लागि पानीको अभाव भएको छैन् ।