logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

अघोषित लोडसेडिङ र भ्रष्टाचारको विरोधमा र्याली


  • उज्यालो अभियान

लालबन्दी, ०२ भदौ – लालबन्दीमा हिजो अघोषित लोडसेडिङ र भ्रष्टाचार बेथितीविरुद्धमा र्याली निकालिएको छ ।

आजको आवश्यकता कुशल प्रशासक असल नेता, देशका सच्चा सपुतहरुलाई काम गर्न दे, लगायतका नारासहित र्याली निकालिएको हो । दिउँसो जनज्योति क्याम्पस चोकबाट सुरु भएको र्यालीले बजार परिक्रमा गरेको थियो । लालबन्दी विकासमा जनचासो, इन्द्रपुर युवा क्लबको आयोजनामा यस प्रकारको र्याली निकालिएको हो ।

कार्यक्रमको ब्यानरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को समर्थनसहित उहाँहरुको तस्बिर अंकित गरिएको थियो ।