logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मलंगवामा ३० जनाले गरे रक्तदान


  • उज्यालो अभियान

मलंगवा, ३२ साउन – सर्लाही सदरमुकाम मलंगवामा आज भएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणको ३९ औँ वार्षिकोत्सवका अवसरमा सदरमुकाम मलंगवास्थित वितरण केन्द्रको कार्यालयमा आयोजित कार्यक्रममा कर्मचारीसहित ३० जनाले रक्तदान गरेका हुन् । नेपाल रेडक्रस सोसाइटी शाखा मलंगवाले संचालन गरेको रक्त संचार सेवा केन्द्रसँग समन्वय गरी रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।

यसअघि प्राधिकरणकै वार्षिकोत्सवका अवसरमा लालबन्दी वितरण केन्द्रले साउन २५ गते राखेको रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका थिए ।