logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

अझै भेटिइनन् मनुष्मारामा बेपत्ता बालिका


  • उज्यालो अभियान

फाइल तस्बीर ।

बलरा, ३१ साउन – सर्लाहीको बलरामा खोलामा डुबेर दुई दिनदेखि बेपत्ता बालिका अझै भेटिएकी छैनन् ।

बलरा नगरपालिका–१, हथियौलका अजय गिरीकी छोरी १२ वर्षीया निशाकुमारी हिजो बिहान सबेरै घर छेउको मनुष्मारा खोलामा डुबेर बेपत्ता भएकी थिईन् ।

बालिकालाई बचाउन जाँदा सोही ठाउँका ६० वर्षीय गजेन्द्र साहको मृत्यु भएको थियो । अजय गिरीकै अर्की छोरी १५ वर्षीया पिङ्की कुमारी भने पौडी खेलेर सकुशल बाहिर निस्कन सफल भएकी थिईन् ।

निशाकुमारी भने बाहिर निस्कन सकिनन् । बालिकाको आज दोस्रो दिन सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय माछा मार्ने समुदाय (मलाह) लाई समेत परिचालन गरी खोजी गरिए पनि अवस्था थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक बालिष्टार सिंहले जानकारी दिए । उनका अनुसार स्थानीय स्रोत साधनको प्रयोग गरी भारतीय सीमासम्म नै बेपत्ता बालिकाको खोजी गरिएको छ ।

घटनास्थल भारतीय सीमा नजिकै पर्ने भएकाले बेपत्ता बालिकालाई बगाएर भारततर्फ नै पु¥याएको हुनसक्ने स्थानीयले आशङ्का गरेका छन् ।