logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

गडहीया सवस्टेशनबाट वितरण बिजुली अवरुद्ध


  • उज्यालो अभियान

मलंगवा, ३० साउन – सर्लाहीको गडहीयास्थित सवस्टेशनबाट वितरित सम्पूर्ण क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ ।

मलंगवा–गडहीया ३३ केभी लाइनको पोल ढलेकाले गडहीया सवस्टेशन अन्तर्गतको बलरा नगरपालिका, गोडैता नगरपालिका, रामनगर गाउँपालिका र विष्णु गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको हो ।

ढलेको पोल उठाएर बिजुली बत्ती सूचारु गर्न प्राविधिकहरु परिचालित भइरहेका नेपाल विद्युत् प्राधिकरण मलंगवा वितरण केन्द्रले जनाएको छ ।