logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

कुकुरले मुखमा च्यापेर हिँडेको भ्रुण बरामद


  • उज्यालो अभियान

मलंगवा, ३० साउन – सर्लाही सदरमुकाम मलंगवामा कुकुरले मुखमा च्यापेर हिँडिरहेको भ्रुण बरामद भएको छ ।

मलंगवा नगरपालिका ४ स्थित खानेपानी चोक नजिक कुकुरले भ्रुण बोकेर हिँडेको देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । तत्कालै प्रहरी टोली घटनास्थलमा आएर मृत भ्रुण पोष्टमार्टमका लागि भनी प्रादेशिक अस्पताल मलंगवा लगेको छ ।

उक्त भ्रुण कस्ले फाल्यो भन्ने खुल्न सकेको छैन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीको निमित्त सूचना अधिकारी समेत रहेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) बालिष्टर सिंहले उक्त भ्रुण अवैध सम्वन्धपछि जन्मिएर फालेको हुनसक्ने बताए ।

उनले यस विषयमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको जानकारी दिए । स्थानीयका अनुसार मलंगवाको उक्त स्थानमा यसअघि पनि पटकपटक यसरी हत्या गरेर फालिएको भ्रण फेला परेको छ । त्यसरी भ्रुण फाल्नेहरु फेला नै पर्दैनन् ।

मलंगवामा अवैध ढंगले खुलेका कतिपय स्वास्थ्य संस्थाले लिङ्ग पहिचान गरेर तथा अवैध सम्वन्धपछि गर्भ बसेका भ्रुण कानून विपरीत सहजै निकाल्ने काम गर्दै आइरहेका छन् ।