logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

खोलामा डुबेर बालकको मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

चक्रघट्टा, २६ साउन – सर्लाहीको चक्रघट्टा गाउँपालिका–३, सुन्दरपुरमा ढङ्ग्रा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।

स्थानीय सन्जिव रायको छोरा तीन वर्षीय अंशु रायको घर अगाडि रहेको खोलामा डुबेर मृत्यु भएको हो । आज मध्यान्ह खेल्नेक्रममा खोलामा डुबेका बालकलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

बालकको शव पोष्टमार्टम लागि सोही अस्पतालमा राखिएको छ ।