लालबन्दी, २५ साउन – लालबन्दीमा हिजो २३ जनाले रक्तदान गरेका छन् ।
नेपाल विद्युत प्राधिकरणको ३९ औँ वार्षिकोत्सवको अवसरमा लालबन्दी वितरण केन्द्रले लालबन्दी ९ स्थित कार्यालय परिसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । वितरण केन्द्र प्रमुख त्रिभुवन कुमार यादवको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी लालबन्दी उपशाखाका सभापति ध्रुवप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रमको समापन गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्र मलंगवासँग सहकार्य गरी रक्तदान कार्यक्रम गरिएको वितरण केन्द्रका कर्मचारी दीप चौलागाईले जानकारी दिए ।