logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई ९२ अंक, देशभरमा ३६ औँ स्थानमा


  • उज्यालो अभियान

मलंगवा, २४ साउन – कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय सर्लाहीले ९२.९३७५ अंक प्राप्त गरेको छ ।

गृह मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१ मा गरेको कामका आधारमा गरेको मूल्यांकनमा ५७ वटा जिल्लाले ९० भन्दा बढी अंक ल्याउँदा सर्लाही पनि त्यसभित्र पर्न सफल भएको हो । देशभरका ७७ जिल्लामध्ये सर्लाही ९२ अंकसहित ३६ औँ स्थानमा परेको छ ।

कार्यालयहरुमध्ये जिल्ला प्रशासन कार्यालय रुपन्देही ९८ अंक ल्याएर पहिलो स्थानमा छ भने जिल्ला प्रशासन कार्यालय सिरहा ७६.२५ अंकसहित अन्तिम स्थानमा छ ।