logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लालबन्दी पोष्टले मनायो तेस्रो वार्षिकोत्सव


  • उज्यालो अभियान

लालबन्दी, २३ साउन – लालबन्दीबाट प्रकाशित भइरहेको लालबन्दी पोष्ट दैनिकले आज तेस्रो वार्षिकोत्सव मनाएको छ ।

उक्त पत्रिकाका प्रकाशक क्षितिज विश्वकर्माको अध्यक्षता तथा लालबन्दी नगरपालिका ६ का वडाध्यक्ष लालबहादुर योन्जनको प्रमुख आतिथ्यतामा पत्रिकाले आफ्नो वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा मन्तव्य राख्ने अतिथिले पछिल्लो समय संचारमाध्यमहरु संकटको अवस्थाबाट गुज्रिरहेका बेला लालबन्दी पोष्ट तीन वर्षसम्म निरन्तर प्रकाशित भइरहेकोमा खुसी व्यक्त गर्दै निरन्तरता र थप प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।