logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

४ जना बाेलबम तिर्थयात्री चढेकाे माेटरसाईकल बागमतीमा दुर्घटना


  • उज्यालो अभियान

फाइल तस्बीर ।

बागमती, १९ साउन – भारतीय बाेलबम तिर्थयात्री चढेकाे माेटरसाईकल दुर्घटना हुँदा ४ जना घाईते भएका छन् ।

४ जना सवार BR 30 A 6954 नम्बरकाे भारतीय माेटरसाईकल शनिबार साँझ ५ बजे प्र. २-०३–००१ क १३०१ नम्बरकाे मिक्चर मेशिनमा पछाडीबाट ठाेक्किदा दुर्घटना भएकाे हाे । दुर्घटनामा परेर माेटरसाईकल चालक भारतकाे सितामाढी निवासी २३ वर्षीय सन्ताेष निराउला तथा पछाडी सवार १२ वर्षीय नितेश यादव, १४ वर्षीय चन्द्रमाेहन महताे र १६ वर्षीय राेहित यादव घाईते भएका छन् ।

बागमती पुलबाट भरत तालतर्फ तिव्र गतिमा गईरहेकाे माेटरसाईकल साेही दिशातर्फ गईरहेकाे मिक्चर मेशिनलाई ठक्कर दिएकाे हाे । घाईते ४ जनाकै बागमती माेडेल अस्पताल कर्मैयामा उपचार भईरहेकाे प्रहरीले जनाएकाे छ ।

भारतकाे सितामाढी छेउमा रहेकाे मढिया मन्दिरमा चढाउने जल लिनका लागि बागमती नदी आउने भारतीय तथा नेपालकै विभिन्न जिल्लाका बाेलबम तिर्थयात्रीहरुकाे भिडले शनिबार दिउँसाेदेखि बागमती नदी आसपास तथा महेन्द्र राजमार्ग, नवलपुर-मलंगवा सडकखण्ड अस्तव्यस्त बनिरहेकाे छ । विशेषगरि एउटै माेटरसाईकलमा ५ जनासम्म चढ्ने, हेल्मेट नलगाउने, तिब्र गतिमा चलाउने जस्ता ट्राफिक नियम विपरितका माेटरसाईकलहरुकाे ताँतीले गर्दा राजमार्ग क्षेत्र अव्यवस्थित बनेकाे हाे । सर्लाही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र बहादुर सिंहले बागमती सहित राजमार्ग क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेर सुरक्षा व्यवस्था सहित ट्राफिक व्यवस्थापनमा विशेष सजगता अपनाईएकाे जानकारी दिए ।