logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

घाँस काट्न जंगल गएका वृद्ध मृत फेला


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

लालबन्दी, १९ साउन – सर्लाहीको लालबन्दीमा घाँस काट्न जंगल गएका एक वृद्ध आज बिहान मृत फेला परेका छन् ।

लालबन्दी नगरपालिका–७, का ६० वर्षीय खिलराज खड्का जंगलभित्र मृत फेला परेका हुन् । खड्का लालबन्दी नगरपालिका–८, स्थित सतभैया गाउँ नजिकको लालबन्दी साझेदारी वनभित्र मृत अवस्थामा फेला परेका लालबन्दी प्रहरीले जनायो ।

उनी बाख्रालाई घाँस काट्न भनी हिजो बिहान घरबाट निस्किएका थिए । खड्का गएसाँझ अबेरसम्म पनि घर फर्किएर नआएपछि परिवारले इलाका प्रहरी कार्यालय लालबन्दीमा खबर गरेका थिए ।

प्रहरी र स्थानीय मिलेर खोजी गर्नेक्रममा आज बिहान खड्काको शव बरामद भएको हो । साइकलमा घाँस बाँधिएको र त्यही स्थानमा ढलिरहेको अवस्थामा खड्काको शव फेला परेको प्रहरीले जनायो ।

घटनास्थलमा पुगेका सर्लाही प्रहरीका प्रमुख (एसपी) रवीन्द्रबहादुर सिंहले खड्काको शरीरमा कुनै प्रकारको चोटपटक नदेखिएकाले घटना शंकास्पद नरहेको उज्यालो अभियानसँग बताए ।

वृद्धको हटअट्याक वा गर्मीका कारण मृत्यु भएको आशंका गरिए पनि पुष्टी हुन सकेको छैन् ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ । पोष्टमार्टम रिपोर्टबाट खड्काको मृत्युको कारण खुल्ने प्रहरी उपरीक्षक सिंहले बताए ।