बयलवास, १८ साउन – सर्लाहीको बयलवासस्थित इलाका प्रहरी कार्यालय केशरगन्जका इन्चार्ज मानप्रसाद श्रेष्ठको प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवा भएको छ ।
प्रहरीको ३० वर्षे सेवा अवधि पूरा गरी एक महिनापछि अवकाशमा जान लागेका श्रेष्ठको इन्सपेक्टरबाट डिएसपीमा बढुवा भएको हो । भदौ १६ गतेदेखि अवकाशमा जान लागेका श्रेष्ठलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) यज्ञविनोद पोखरेल र प्रदेश प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) सुवासचन्द्र बोहराले जनकपुरस्थित प्रदेश प्रहरी कार्यालयमा डिएसपीको दर्जान्ही चिन्ह प्रदान गरेका छन् ।
२०५१ साल भदौ १६ गते प्रहरी सहायक निरीक्षक (असई) बाट सेवा प्रवेश गरेका श्रेष्ठ इन्स्पेक्टरको रुपमा इलाका प्रहरी कार्यालय केशरगन्जमा गत वर्ष भदौ ५ गते हाजिर भएका थिए ।