हरिवन, १८ साउन – नेकपा एमाले सर्लाही इञ्चार्जकाे जिम्मेवारी पूर्व रक्षा मन्त्री हरि उप्रेतीले पाएका छन् ।
उप्रेतीले केन्द्रीय सदस्य मनाेनितसँगै सर्लाही इञ्चार्जकाे अवसर एकसाथ पाएका हुन् । यसअघि बारा जिल्लाकी ज्वाला कुमारी साहलाई सर्लाही इञ्चार्जकाे जिम्मेवारी थियाे ।
त्यस्तै यसअघि नै केन्द्रीय सदस्य रहेकी महिला नेतृ कमला देवी महताेले पार्टी केन्द्रीय पिछडा वर्ग फाँटकै इञ्चार्जकाे जिम्मेवारी पाएकि छिन् । बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटुवालले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ र ४ काे तथा रञ्जना सरकार १ र २ काे इञ्चार्ज मनाेनित भएका छन् ।
त्यसैगरि मधेश प्रदेशकाे इञ्चार्जमा सिराहाका लिलानाथ श्रेष्ठ ताेकिएका छन् । उनले स्थायी कमिटी सदस्य र मधेश इञ्चार्जकाे अवसर एकसाथ पाएका हुन् ।
पार्टी केन्द्रीय सचिवालयकाे विहिबार सम्पन्न बैठकले केन्द्रदेेखि प्रदेश निर्वाचन क्षेत्रसम्मकाे जिम्मेवारी ताेकेेकाे हाे ।