प्रतिकात्मक तस्बिर ।
मलंगवा, १७ साउन – सर्लाहीको पर्सा गाउँपालिका–५ स्थित सपहा खोलामा सडेर गन्हाउन थालिसकेको एक पुरुषको शव फेला परेको छ ।
शरीरको सम्पूर्ण भाग सडेर चिन्न नसक्ने अवस्थामा रहेको पुरुषको शव फेला परेको हो । मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सर्लाही प्रहरीका प्रमुख एसपी रवीन्द्रबहादुर सिंहले मृतकको शव पानीबाट निकालेर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको बताए ।
उनका अनुसार एक व्यक्ति उक्त शव आफ्नो आफन्तको भनी सम्पर्कमा आएपनि शवको डिएनए परीक्षण गरेर एकिन गरिने भएको छ । शरीर पूरै सडेर गलिसकेका कारण मृतक आफै खोलामा डुबेको वा कसैले हत्या गरेको हो भनेर एकिन भन्न सक्ने अवस्था नरहेको प्रहरी उपरीक्षक सिंहले बताए ।