logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

विद्वान मानिने पत्रकारहरुमा अध्यनकाे कमि छ : अध्यक्ष झा


  • उज्यालो अभियान

प्रकाश मैनाली/उज्यालाे अभियान

हरिपुर, १४ साउन – नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले पछिल्लाे समय पत्रकारहरुमा अध्यन गर्ने बानी छुट्दै गएकाे बताएका छन् ।

ग्रामिण नारी उत्थान संघ हरिपुरद्वारा आयाेजित बालबिवाह, जबरजस्ती बिवाह अन्त्यका लागि एक दिने सर्लाहीका पत्रकारहरुसँग सहकार्यको लागि सम्वाद कार्यक्रममा सहजिकरण गर्ने क्रममा अध्यक्ष झाले साे कुरा बताएका हुन् । `समाजले पत्रकारलाई विद्वानकाे रुपमा बुझेकाे छ’, हाल राष्ट्रिय समाचार समितिका अध्यक्ष समेत रहेका झाले थपे, `तर पछिल्लाे समय पत्रकारहरुमा अध्यन गर्ने, अरुकाे कुरा सुन्ने, जानकारी लिने बानी हराउँदै गएकाे छ, जसले गर्दा पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण सवालहरु मर्दै गएका छन् ।’ बालबिवाह, दाईजाे जस्ता विकृति, विसंगतीले मधेशमा विकराल रूप धारण गरेकाे हुँदा पत्रकारिता क्षेत्रले यस्ता सवालमा निरन्तर कलम चलाउनु पर्ने अध्यक्ष झाकाे धारणा थियाे ।

सेभ द चिल्ड्रेनको सहयोग तथा हरिपुर र ईश्वरपुर नपाकाे समन्वयमा हरिपुरमा आयाेजित कार्यक्रममा ग्रामीण नारी उत्थान संघ हरिपुरका अध्यक्ष गोमा देवी न्यौपाने, उपाध्यक्ष विष्णु चालिसे, सचिव सुर्य प्रसाद चालिसे, नेपाल पत्रकार महासंघका सर्लाही शाखाका अध्यक्ष टंक क्षेत्री, पुुर्व अध्यक्ष शंकर श्रेष्ठ, बिश्वनाथ ठाकुुर लगायत विभिन्न संचार गृहमा कार्यरत संचारकर्मीहरुकाे उपस्थिती रहेकाे कार्यक्रम संयाेजक सृजना बस्नेतले बताईन् ।