logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

पूर्व मन्त्री रायको हत्यारा पक्राउ, ५ बजे सार्वजनिक गरिँदै


  • उज्यालो अभियान

पाेष्टमार्टमका लागि रायकाे शव लिन आएकाे प्रादेशिक अस्पताल मलंगवाकाे शववाहन । (तस्बिर : उज्यालाे अभियान)

मलंगवा, १४ साउन – सर्लाही प्रहरीले पूर्व राज्यमन्त्री रामचन्द्र राय यादवको हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका ति व्यक्तिबारे प्रहरीले कुनै विवरण सार्वजनिक गरेको छैन् । सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले आज अपरान्ह ५ बजेपछि जिल्ला प्रहरी कार्यालय मलङ्गवामा पत्रकार सम्मेलन गरी हत्यामा संलग्न व्यक्तिलाई प्रमाणसहित सार्वजनिक गरिने जानकारी दिए ।

पक्राउ परेका दुवै व्यक्तिले पूर्व मन्त्री रायको हत्या गरेको स्वीकार गरिसकेका प्रहरीले दावी गरेको छ ।

मलंगवा नगरपालिका–४ मा बस्दै आएका ८० वर्षका रायको पूर्खौली गाउँ चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित घरमा यही साउन ७ गते टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।