logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

करेन्ट लागेर बालकको मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

धनकौल, १४ साउन – सर्लाहीको धनकौल गाउँपालिकामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

धनकौल गाउँपालिका–१, धोबिनिया टोल बस्ने सुरेन्द्र महतोका छोरा १० वर्षीय बजरङ्गी महतोको करेन्ट लागेर मृत्यु भएको हो । बालकलाई आफ्नै घरको आँगनमा राखिएको टेबल पङ्खाबाट करेन्ट लागेको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते बालकको उपचारका क्रममा प्रादेशिक अस्पताल मलङ्गवामा मृत्यु भएको हो । मृतक बालकको शव सोही अस्पतालमा पोष्टमार्टमपछि परिवारले बुझेका छन् ।