logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीमा अहिले साँझसम्म मोहरम पर्व शान्तिपूर्वक रुपमा मनाउनेक्रम जारी


  • उज्यालो अभियान

हरिपूर्वामा मोहरमका अवसरमा बाँसका भाटासहित र्याली निकाल्दै मुस्लिम बालबालिका र युवा । (तस्बीर : उज्यालो अभियान)

मलंगवा, ०२ साउन – सर्लाहीका इस्लाम धर्मावलम्वीले पनि आज आफ्नो महान पर्व मोहरम धुमधामसँग मनाइरहेका छन् ।

ताजिया तथा दाहा समेत भनिने यो पर्व मुस्लिम समुदायको बसोवास रहेको जिल्लाका २० वटै पालिकामा हर्षोउल्लासपूर्वक मनाउनेक्रम चलिरहेको हो । यस पर्वलाई लक्षित गरी स्थानीय प्रशासनले जिल्लाभर नै सुरक्षा व्यवस्था चुस्त पारेको थियो । सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक श्रेष्ठले साँझसम्म नै जिल्लाभर सामान्यरुपमा पर्व मनाउनेक्रम चलिरहेको उज्यालो अभियानलाई जानकारी दिए ।

उनका अनुसार पर्व मनाउनेक्रममा निकालिने नाचगान तथा ¥यालीको क्रममा कहीँकतै विवाद सिर्जना हुन नदिन बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । फरक समुदायबिच बारम्बार विवाद भइरहने सदरमुकाम मलङ्गवासहित गोडैता, कौडेना, खुटौना, ब्रम्हपुरी, पर्सालगायतका स्थानमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

धेरैजसो स्थानमा अपरान्हपछि ¥यालीका कार्यक्रम भइरहेका छन् । मोहरम पर्वका अवसरमा निकालिने ¥यालीको कार्यक्रममा घरेलु हातहतियार प्रदर्शन गर्ने प्रचलन रहेकोमा यो वर्ष अधिकांश स्थानको ¥यालीमा सहभागीले बाँसका भाटा लिएर नाचेको देखिए पनि हातहतियार प्रदर्शन गरेको देखिएन ।

सर्लाही प्रशासनले पर्वलाई लक्षित गरी हिजो नै सूचना जारी गर्दै मानव अधिकारको सम्मान, शान्ति सुव्यवस्था कायम, सार्वजनिक सम्पत्तिको संरक्षण र सामाजिक सद्भाव कायम गरी पर्व मनाउन आग्रह गरिसकेको थियो ।

मोहरममा कुनै विवाद हुन नदिन जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु हिजो गोडैता पुगेर मुस्लिम र हिन्दु दुवै समुदायका अगुवालाई राखेर छलफल गरेका थिए ।