मलंगवा, ३१ असार – सर्लाही सदरमुकाम मलंगवा नगरपालिकामा भोली शोक बिदा दिइएको छ ।
नगरपालिका कार्यालयमा कार्यरत जमदार अनिश मियाँ मिकरानीको निधनमा भोली साउन १ गते नगरभित्र शोक बिदा दिइएको हो । मिकरानीको हिजो निधन भएको थियो ।
मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यादवले आज साँझ सूचना जारी गर्दै भोली एक दिन नगरपालिका कार्यालय, वडा कार्यालय, विद्यालयलगायत आकस्मिक सेवा बाहेकका कार्यालयमा बिदा दिइएको उल्लेख गरेका छन् ।