हरिवन, ३१ असार – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देशको ४५ औं प्रधानमन्त्रीको रुपमा नियुक्त भएको खुसीयालीमा हरिवनमा आज साँझ दीप प्रज्वलन गरिएको छ ।
पार्टी अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि नेकपा एमाले हरिवन नगर कमिटी र अनेरास्ववियुले संयुक्त रुपमा हरिवनमा दिप प्रज्वलन गरेका हुन् ।
सगुन सहकारीको अगाडी दिप प्रज्वलन गर्दै नव नियुक्त प्रधानमन्त्रीको टिमलाई कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पार्टीका नेता तथा हरिवन नगरपालिकाका संस्थापक मेयर गणेश प्रसाईले सफल कार्यकालको लागि शुभकामना व्यक्त गरे ।
मन्तव्यकै क्रममा प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा यो भन्दा अगाडी भएका कामहरु इतिहासमा सम्झिन लाइक कार्यहरु भएको र अबको नेतृत्वमा पनि देशले सुखी नेपाली समृद्ध नेपालको लागि महत्त्वपूर्ण योगदान रहने कुरालाई जोड दिए । नगर कमिटी अध्यक्ष पोख्रेलले पनि अबको सरकारको काम कार्य निमुखा, विपन्न वर्ग र युवाहरुको पक्षमा काम गरेको देख्न पाइयोस र पहिलो काम नै आफुले त्यही हेर्न चाहेको बताए ।
दिप प्रज्वलन कार्यक्रममा पार्टीका नेताहरु राजकुमार उप्रेती, तारा पोख्रेल, केशव ढकाल, चुडामणि वाग्ले, शेष मेहबुब रेजा, हरिमाया घलान, प्रज्वल ढुंगाना सहित पार्टीका विभिन्न तह तप्काका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै ईश्वरपुर नगरपालिकामा पनि राष्ट्रिय युवा संघद्वारा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ ।