हरिपुर, ३१ असार – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा आज नयाँ सरकार गठन भएको खुशियालीमा हरिपुरमा दीप प्रज्वलन गरिएको छ ।
हरिपुर नगरपालिका २ स्थित नगरपालिका प्रवेश गर्ने चोकमा दीप प्रज्वलन गरी आज गठन भएको सरकारलाई शुभकामना व्यक्त गरिएको हो । दीप प्रज्वलनमा एमालेका स्थानीय नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो ।
सत्ताको लुक्षाचुँडीमा नलागी ओली नेतृत्वको नवगठीत सरकारलाई जनताको हितमा काम गर्न उत्प्रेरणा मिलोस् भन्ने कामनासहित दीप प्रज्वलन गरिएको हरिपुर नगरपालिका–२ का वडाध्यक्ष निलबिक्रम थापाले बताए ।