logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

१५ दिनभित्र भुक्तानी सक्न चेतावनी


  • उज्यालो अभियान

हरिपूर्वा, २९ असार – सर्लाहीको हरिपूर्वा नगरपालिकामा गठीत सर्वदलिय संघर्ष समितिले चालु आर्थिक वर्ष २०८०÷८१ को बाँकी रहेको भुक्तानी १५ दिनभित्र गरिसक्न माग गरेको छ ।

समितिले प्रेस विज्ञप्ती जारी गरी काम भइसकेका योजना तथा कार्यक्रमको १५ दिनभित्र भुक्तानी गर्न चेतावनी दिएको हो । सर्वदलिय संघर्ष समिति हरिपूर्वाका संयोजक विकाउ राय यादवले हस्ताक्षर गरी जारी गरेको विज्ञप्तीमा कतिपय योजनाको भुक्तानी गर्दा १० प्रतिसत कमिसन लिइएको आरोप लगाइएको छ ।

उक्त १० प्रतिसत रकम र बाँकी रहेका योजनाहरुको समेत भुक्तानी १५ दिनभित्र नभए आन्दोलन गर्ने विज्ञप्ती मार्फत चेतावनी दिइएको छ ।

सरकारी खाता बन्द हुने दिन असार २४ गते राति १२ बजेसम्म लालबन्दीमा बसेर भुक्तानीको काम गरिएको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।