logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मलंगवाबाट वीरगंज जाँदै गरेकाे यात्रुबस राजमार्गबाट खस्याे


  • उज्यालो अभियान

विहिबार दिउँसाे राजमार्गबाट खसेर उत्तानाे परेकाे यात्रुबस । (तस्बिर : सशस्त्र प्रहरी बल नेपाल)

हरिवन, २७ असार – सर्लाहीकाे सदरमुकाम मलंगवाबाट वीरगंजतर्फ जाँदै गरेकाे यात्रुबस दुर्घटना भएकाे छ ।

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका-१६ स्थित पसाहा पुल नजिकै विहिबार दिउँसाे भएकाे सवारी दुर्घटनामा १३ जना यात्रु घाईते भएका सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भुका सहायक प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । घाईतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको छ ।

मलंगवाबाट बिरगंजतर्फ जादै गरेको ना. ४ ख ७१९४ नम्बरको यात्रुवाहक बस गति अनियन्त्रित भई सडकबाट तल खसेर उत्तानाे भएकाे थियाे । बसमा ३१ जना यात्रुहरु सवार रहेका थिए ।

दुर्घटनाकाे खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. ४० रिजर्भ गण बाराबाट खटिएको सुरक्षा टाेलीले घाइतहरुकाे उद्धार गरेकाे सह-प्रवक्ता थापाले जानकारी दिए । थापाका अनुसार गम्भिर घाईते २ जनालाई तत्कालै उपचारको लागि गणकै गाडीद्वारा र अन्य घाईतेहरुलाई एम्बुलेन्सद्वारा सिमरा अस्पतालतर्फ लगिएको छ ।