logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

पोखरीमा डुबेर बालकको ज्यान गयो


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

मलंगवा, २७ असार – सीमावर्ती क्षेत्रस्थित सर्लाहीको विष्णु गाउँपालिका–१, बेलवा टोलमा पोखरीको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

रन्जित राउतका छोरा १० वर्षीय बादल राउतको घर नजिक प्राथमिक विद्यालय बाराउद्योरणको पछाडिपट्टी रहेको पोखरीमा डुबेर मृत्यु भएको हो । हिजो दिउँसो ३ बजेतिर पोखरीमा डुबेका बालकलाई उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगियो ।

त्यहाँ सामान्य उपचार गरी प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको बालकलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मृतक बालकको शव सोही अस्पतालमा पोष्टमार्टमपछि परिवारले बुझेर लगेका छन् ।