logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बाँके जंगलको लच्कामा रहेका खाल्डाखुल्डी पुरियो


  • उज्यालो अभियान

फूलजोर, २५ असार – पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जंगलस्थित लच्काको खाल्डाखुल्डी पुरिएको छ ।

पानी परेसँगै लच्काको खाल्डाखुल्डी अझ बढेर दुर्घटनाको जोखिम बढेको थियो । दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै सडक डिभिजन चन्द्रनिगाहपुरले लच्काको खाल्डाखुल्डी तत्कालै पुरेको हो ।

सडकमा ठूला खाल्डो पर्दा मोटरसाइकल, कारलगायतका साना सवारी वारपारमै समस्या परेको थियो । अझ रातको समयमा तीव्र गतिमा आउने मोटरसाइकललगायत साना सवारी खाल्डोमा परेर अनियन्त्रित भइ दुर्घटना हुने जोखिम थियो ।

खाल्डाखुल्डी पुरिएसँगै अहिले भने साना सवारीलाई सहज भएको छ । वषात्को समयमा प्रायः बाँके जंगलको उक्त लच्कासहित पूर्व पश्चिम राजमार्गमा ठाउँठाउँमै कालोपत्रे उप्कने गरेको थियो ।

यो वर्ष भने तुलनात्मक रुपमा पूर्व पश्चिम राजमार्गमा खासै समस्या देखिएको छैन् ।