logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

शताब्दी पुरुष बबरजंग थापाको १०३ वर्षको उमेरमा निधन


  • उज्यालो अभियान

हरिवन, २४ असार – दोस्रो विश्वयुद्धमा सहभागी भएका सर्लाहीको हरिवन नगरपालिका निवासी शताब्दी पुरुष बबरजङ्ग थापाको निधन भएको छ ।

थापाको आज बिहान हरिवन नगरपालिका–९, सुखेपोखरीस्थित आफ्नै निवासमा निधन भएको हो । कोठामा एक्लै सुतेका थापालाई आज बिहान खाना खानको लागि बोलाउन जाँदा उनी मृत फेला परेका थापाका नाती प्रतीक कार्कीले जानकारी दिए ।

वि.सं.१९७८ साउन ५ गते सिन्धुलीको रातामाटामा जन्मिएका थापा १८ वर्षको उमेरमा अङ्ग्रेज सेनामा भर्ना भएर दोस्रो विश्वयुद्धमा सहभागी भएका थिए । दोस्रो विश्वयुद्धबाट फर्किएपछि थापाले हरिवनमा पहिलो विद्यालय स्थापना गर्नुका साथै तत्कालिन हरिवन गाउँ पंचायतको उपाध्यक्ष भएर पनि काम गरेका थिए ।

स्वर्गिय थापाको आजै बागमती नदीमा दाहसँस्कार गरिएको छ ।