कौडेना, २४ असार – कौडेना गाउँपालिका–२, मा आज दिउँसो मोटरसाइकलको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ ।
आज दिउँसो १२ः५० बजे गाउँको भित्री सडकमा बीआर ०६ एभी ३१६० नम्वरको मोटरसाइकलले ठक्कर दिँदा कौडेना गाउँपालिका–२, फूलपरासी बस्ने चुलाई यादवको श्रीमती ७० वर्षीया दुखिया देवीको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट पैदलयात्री दुखियादेवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मृतक वृद्धाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको छ ।
दुर्घटनामा संलग्न मोटरसाइकल र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।