हरिपुर, २३ असार – सर्लाहीको हरिपुर नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट नगरसभाबाट पारित भएको छ ।
१३ औँ नगरसभा अन्तर्गत हिजो बसेको बैठकले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६६ करोड ६३ लाख ५६ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको हरिपुर नगरपालिका २ का वडाध्यक्ष निलबिक्रम थापाले जानकारी दिए । नगरपालिकाको १३ औँ नगरसभा असार १० गते प्रारम्भ भएको थियो ।

प्रत्येक स्थानीय तहले असार १० गते आ–आफ्नो गाउँसभा तथा नगरसभामा प्रस्तुत गरेको बजेट असार मसान्तभित्र पारित गरिसक्नुपर्ने व्यवस्था छ ।
सोही अनुरुप हरिपुर नगरपालिकाले बेलैमा बजेट पारित गरेको हो ।