बागमती नदिमा आएकाे बाढी । (फाईल तस्बिर : उज्यालाे अभियान)
बागमती, २२ असार – सर्लाही र राैतहटकाे सिमा बागमती नदीमा बाढी बढेकाे छ ।
काठमाडाैं सहित उपत्यका एवं आसपासका क्षेत्रमा अत्यधिक वर्षा भईरहेकाले बागमती नदीमा पानीकाे सतह बढ्दै गएकाे हाे । शनिबार बिहान १.५ मिटर मात्रै पानीकाे सतह रहेकामा मध्यान्ह ४ मिटर पुगिसकेकाे बागमती नदी अन्तर्गत पँधेरा दाेभान जल सतह मापन केन्द्रका लिलाम्बर खनालले उज्यालाे अभियानलाई जानकारी दिए । बाढी बढ्दै गएपछि बागमति सिंचाई ब्यारेजका ३५ वटै ढाेका खाेलिएकाे छ ।
यद्यपी बागमती नदिकाे सिँचाई ब्यारेज भन्दा उत्तर पानीकाे सतह साँढे ६ मिटर बढी गहिराई भएपछि खतरा मानिन्छ । अहिलेसम्म खतराकाे अवस्था नआएकाे बागमती सिँचाई आयाेजनाले जनाएकाे छ ।