logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बलरा नगरपालिकाले गर्यो सार्वजनिक सुनुवाई


  • उज्यालो अभियान

बलरा, १९ असार – सर्लाहीको बलरा नगरपालिकाले मंगलबार सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।

नगरपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ मा संचालन गरेका कार्यक्रम तथा योजनाका सम्वन्धमा नगरपालिका कार्यालयले पिपुल मिडिया नेटवर्कसँग समन्वय गरी नगरपालिकाको कार्यालय परिसरमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा स्थानीय नागरिकले नगरपालिकाबाट भए गरेका कामकारवाहीका साथै आफ्ना गुनासा, सल्लाह सुझाव र विभिन्न योजनाको माग राखेका छन् ।

सहभागीले राखेको जिज्ञाशाका सम्वन्धमा नगरप्रमुख रामाशंकर प्रसाद कुशवाहा, उपप्रमुख कोशिला देवी, प्रमुख प्रशासकीय अधिकृत सुशीलकुमार साह, विभिन्न वडाका वडाध्यक्षलगायत भएर सम्वोधन गरेका छन् । नगरप्रमुख कुशवाहालगायतले सार्वजनिक सुनुवाईमा स्थानीयले राखेका माग सम्वोधन गरी अघि बढ्ने प्रतिवद्धता समेत जनाएका छन् । कार्यक्रम विश्वनाथ ठाकुरकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।