लालबन्दी, १८ असार – पूर्व प्रधानाध्यापक ऋषिराम तिमल्सिनाको हिजो १३ औँ दिनको पुण्य तिथीमा जानकी माध्यमिक विद्यालय लालबन्दीमा श्रद्धान्जली कार्यक्रम गरिएको छ ।
नेपाल शिक्षक संघ जिल्ला कार्य समिति लालबन्दी, लालबन्दी नगर समिति र वाङ्मय परिषद्को संयुक्त आयोजनामा श्रद्धान्जली कार्यक्रम गरिएको हो । संघका लालबन्दी नगर अध्यक्ष टीकाराम श्रेष्ठको अध्यक्षता तथा संघका जिल्ला अध्यक्ष प्रवीण पासवानको प्रमुख आतिथ्यतामा आयोजित श्रद्धान्जली कार्यक्रममा जानकी माविका अध्यक्ष मेघराज फूँयाल, प्रधानाध्यापक हीरालाल महतो, शिक्षक संघका प्रदेश उपमहासचिव रामप्रसाद दाहाल, प्रदेश प्रतिनिधि नवराज थापालगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा स्वर्गिय तिमल्सिनाको तस्बिरमा माल्र्यापणसहित उनको योगदानको चर्चा गरिएको शिक्षक उद्धवप्रसाद पौडेलले जानकारी दिए ।