हरिपुर, १८ असार – सर्लाहीको हरिपुर नगरपालिका २ मा बाल संवेदनशील अभिभावकत्व कार्यक्रममा सक्रिय सहभागी भएका अभिभावकलाई प्रमाण पत्र वितरण गरिएको छ ।
ग्रामीण नारी उत्थान संघ हरिपुर र सेभ द चिडे«ेनको साझेदारीमा संचालित पहुँच परियोजना अन्तर्गतको कार्यक्रममा सक्रिय सहभागिता जनाउने अभिभावकलाई आज हरिपुर २ को वडा कार्यालयमा एक कार्यक्रमका बिच प्रमाण पत्र वितरण गरिएको हो ।
वडाध्यक्ष निलबिक्रम थापालगायत भएर प्रमाणपत्र वितरण गरेका छन् । सोही अवसरमा बाल संवेदनशील अभिभावकत्व कार्यक्रमको सामाजिक लेखा परीक्षण समेत गरिएको छ ।