बागमती, १७ असार – सर्लाहीको बागमतीमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ ।
बागमती नगरपालिका–४, बस्ने राजेन्द्र तामाङका छोरा ११ वर्षीय रोजित तामाङको सर्पले डसेर मृत्यु भएको हो । आफ्नै घरमा खेलिरहेका रोजितलाई विषालु सर्पले डसेको परिवारका सदस्यले बताएका छन् ।
बालकलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र नवलपुर ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।