logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

रक्षामन्त्रीसहितको टोलीद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण


  • उज्यालो अभियान

कौडेना, १६ असार – रक्षामन्त्री हरिप्रसाद उप्रेतीसहितको टोलीले हिजो बाढी तथा डुबान प्रभावित सर्लाहीको चक्रघट्टा गाउँपालिका ३ र ४ तथा कौडेना गाउँपालिका ७ को निरीक्षण गरेको छ ।

उत्तरी भेगमा ठुलो पानी परेर लखन्देही खोलामा बाढी आउँदा दक्षिणी बेल्टको कौडेना र चक्रघट्टामा डुबानको समस्या देखिएपछि मन्त्री, प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी, पालिकाप्रमुख, जनताको तटबन्ध, सिँचाई डिभिजन कार्यालयका प्रमुखसहितको टोलीले निरीक्षण गरेको हो । स्थलगत निरीक्षणका क्रममा बाढीबाट भएको क्षतिको आंकलन गरी थप क्षति हुन नदिन अविलम्ब चाल्नुपर्ने कदमका विषयमा छलफल भएको छ ।

मन्त्री उप्रेतीले तत्काल स्थानीय स्रोत साधन जुटाएर तटबन्ध मर्मत, बाढी प्रभावितको उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिए ।

बाढी प्रभावित क्षेत्रको निरीक्षणसँगै रक्षामन्त्री उप्रेती बलरासहितका स्थानमा धान दिवसको कार्यक्रममा सरिक भएका छन् ।