logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

खेत जोतिरहेको ट्याक्टरमा च्यापिएर चालकको मृत्यु


  • उज्यालो अभियान

हरिवन, १६ असार – सर्लाहीको हरिवन नगरपालिका–१, पटौनामा आज मध्यान्ह खेत जोतिरहेको ट्याक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ ।

धान रोपाइँका लागि खेत जोत्दै हिँडेको ज १ त ५७५७ नं. को ट्याक्टर आफै अनियन्त्रित भइ पल्टँदा चालक हरिवन नगरपालिका–२, अत्रौली बस्ने ५० वर्षीय सहदेव राउतको मृत्यु भएको हो । खेतको आली चढाउने क्रममा ट्याक्टर पल्टँदा चालक राउतको रोडाभेटरमा च्यापिएर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।

प्रनि गिरीका अनुसार मृतकको शव पोष्टमार्टमका लागि भर्खरै प्रादेशिक अस्पतालतर्फ पठाइएको छ ।