हरिपुर, १४ असार – ग्रामीण नारी उत्थान संघ हरिपुरले बालविवाह, कम उमेरमा हुने विवाह तथा जवरजस्ती रुपमा हुने विवाह अन्त्यका लागि साझेदारी संस्थाहरुको क्षमता विकास तथा कार्ययोजना निर्माण गोष्ठी गरेको छ ।
लालबन्दीमा आयोजना गरिएको ४ दिने गोष्ठीको आज समापन गरिएको हो । संस्थाकी अध्यक्ष गोमादेवी न्यौपानेको अध्यक्षतामा गोष्ठीको आज समापन गरिएको संस्थाले जनाएको छ ।
‘सभ्य यो समाजमा हामी सबैको हो जिम्मेवारी, विहेबारी महिला होस् या पुरुष दुवै २० वर्ष पारी’ भन्ने मूल नारासहित गोष्ठी गरिएको छ ।
हरिपुर र ईश्वरपुर नगरपालिकासँग समन्वय गरी सेभ द चिडे«नको आर्थिक सहयोगमा आयोजित गोष्ठीबाट बाल विवाह न्यूनिकरणको योजना बनाउन टेवा पुगेको ग्रामीण नारी उत्थान संघ हरिपुरले जनाएको छ ।