logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीमा न्यायिक समिति कमजोर, केहीले बल्ल न्याय सम्पादन सिक्दै


  • उज्यालो अभियान

कविलासी, १२ असार – सर्लाहीको २० वटै पालिकामा न्यायिक समितिको भुमिका कमजोर देखिएको छ ।

केही पालिकाका न्यायिक समितिले न्याय सम्पादन गरेपनि अधिकांस पालिकाको समिति कमजोर रहेको पाइएको हो । कविलासी नगरपालिकाका न्यायिक समितिले भने बल्ल न्याय सम्पादन सम्बन्धी तालिम लिइरहेका छन् ।

२० वटा पालिका मध्ये अधिकांसको न्यायिक समितिले काम नगर्दा नागरिकले दुःख ब्यहोरिरहेका छन् । गाउ“घरमा हुने समान्य झैं झगडाकालागि पनि उनीहरु जिल्ला प्रशासन, जिल्ला प्रहरी तथा जिल्ला अदालत धाइरहेका छन् ।

कविलासी नगरपालिकाले मंगलबारबाट संचालन गरेको तीनदिने न्याय सम्बन्धी तालिममा बोल्दै जिल्ला समन्वय समितिका संयोजक कौशल सिंहले जिल्लाका अधिकांस पालिकाले न्याय सेवामा काम गर्न नसकेको उल्लेख गर्दै यसको मार जनतामा परिरहेको जानकारी दिए । उनका अनुसार गाउ“घरमा न्याय निरुपण भए आम नागरिकलाई सहज हुने काममा पालिकाहरु चुकिरहेका छन् ।

संयोजक सिंहले न्याय निरुपणमा वडा तथा पालिकाको काम स्थानीय प्रहरी, प्रशासनले गरिरहेकाले उनीहरुलाई सुरक्षा ब्यवस्था मिलाउन सकस परिरहेको बताए । उनले न्यायिक समितिले काम गर्दा दलगत अवधारण, भोटको राजनीति त्याग्नुपर्ने बताए ।

कविलासी नगरपालिकाका मेयर ब्रहम्देव रायले न्यायिक समितिले न्याय निरुपणको सवालमा पहिलादेखी पाइला चाल्नु पर्ने काम अलि पछि परेको स्विकार गरे । उनले तालिमबाट न्याय निरुपण कसरी गर्ने भनेर सिकेपछि न्यायिक समितिलाई प्रयोगमा ल्याउने जानकारी दिए ।

कविलासी नगरपालिकाका न्यायिक समितिका संयोजक उपमेयर पूनम कर्णले बजेट र कर्मचारी अभावका कारण न्यायिक समितिले काम गर्न नसकेको जानकारी दिइन् । न्याय निरुपणका लागि पञचायति शैलिमा काम गरिरहेपनि आफुहरुसंग कमजोरी नै भएको स्विकार गरिन् । उनले यस तालिमबाट सिकाई उपलब्धी भएपछि न्यायिक समितिले काम गर्ने बताइन् ।

कविलासी नगरपालिकाले सामाजिक विकास केन्द्र नेपालसंग सहकार्य गरि १० वटै वडाका वडाध्यक्षसहित सदस्यहरुलाई प्रशिक्षण गराइरहेका छन् ।

जिल्ला अदालतका न्यायाधिस विष्णुप्रसाद रेग्मीले सहजकर्ताको भुमिका स्थानिय निकायमा न्याय सम्पादन सम्वन्धि कानुनी व्यवस्था, मेलमिलापकर्ताको आचार संहिता तथा गर्न नहुने काम लगायतको कानूनको बारेमा प्रशिक्षण दिइरहेका छन् ।