फाइल तस्बीर ।
श्रीनगर, १२ असार – सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, श्रीनगरमा आज बिहान चट्याङ पर्दा दुईवटा घरमा क्षति पुगेको छ ।
बिहान भारी वर्षासँगै परेको चट्याङले स्थानीय हीराबहादुर थामी र अशोककुमार बोम्जनको घरमा क्षति पुर्याएको हो । चट्याङ पर्दा धामीको घरको पर्खालमा एक हात भन्दा बढी पक्का फोडेको छ भने एउटा टेलिभिजन र वाइरिङमा समेत क्षति गरेको ईश्वरपुर नगरपालिका १३ का वडाध्यक्ष तिलबहादुर तामाङले जानकारी दिए ।
यस्तै बोम्जनको घरको मिटर र वाइरिङको तारमा चट्याङले क्षति गरेको छ । घरका मानिस बेग्लै कोठामा रहेकाले मानवीय क्षति हुन नपाएको वडाध्यक्ष तामाङले बताए ।
बिहान सबेरै जिल्लाको उत्तरी भेगका पानीसँगै चट्याङ परेको थियो ।