हरिपुर, ११ असार – सर्लाहीको हरिपुर नगरपालिका २ मा आयोजित बालबालिकाको क्षमता अभिवृद्धि तथा बालविवाहविरुद्धको जनचेतनामूलक ४ दिने तालिमको आज समापन गरिएको छ ।
वडा कार्यालयले आयोजना गरेको तालिमको आज वडाध्यक्ष निलबिक्रम थापाको प्रमुख आतिथ्यतामा समापन गरिएको हो । बालविवाह रोक्ने वडाले यसअघि देखि नै चाल्दै आएको अभियान अन्तर्गत बालबालिकालाई जनचेतामूलक तालिम दिइएको वडाध्यक्ष थापाले बताए ।
तालिममा बालबालिकालाई बालबालिका रोक्ने उपाय, कानूनी अवस्थालगायतबारे प्रष्ट पारिएको छ ।