हरिवन, १० असार – नेकपा एमालेको जनवर्गीय संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघले नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा निर्वाचित भएका पदाधिकारी र सदस्यहरुलाई बधाई तथा सम्मान गरिएको छ ।
आइतबार हरिवन नगरपालिका वडा नं. ११ को सभा हलमा एक कार्यक्रमको आयोजना गरी नवौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी अध्यक्ष राज नारायण साह, उपाध्यक्ष बिदुर प्याकुरेल, सचिव डिल्ली प्रसाद अधिकारी, उपसचिव बिबा नेपाल र उपसचिव बलराम एस्माली मगर गरी आदिवासी जनजाति तर्फबाट जिल्ला कमिटीमा सदस्यमा निर्वाचित २३ जना गरि जम्मा २७ जनालाई सम्मान गरिएको हो ।
कार्यक्रम महासंघकै केन्द्रीय सदस्य तथा पार्टीका मधेस प्रदेश कमिटी सदस्य सरिता घिसिङको प्रमुख आतिथ्यता तथा महासंघका जिल्ला कमिटी अध्यक्ष चन्द्र दोङको अध्यक्षमा सम्पन्न भएको आयोजकले बताए ।
कार्यक्रममा विशिष्ट अतिथि राज नारायण साह, पार्टी प्रदेश कमिटी सदस्य माधव प्रसाद कोइराला, प्रदेश कमिटी सदस्य सुशील थपलिया, मलंगवा नगरपालिकाका पूर्व मेयर निरसल साह, जिल्ला कमिटीका पदाधिकारी, पार्टीका पूर्व हरिवन नगर ईन्चार्ज राम प्रसाद घिमिरे, जिल्ला कमिटी सदस्य गितानाथ मैनाली, पोष्ट कुमार लुइँटेल, जिल्ला कमिटी सदस्य तथा वडा अध्यक्ष दिपमान लोप्चन, हरिवन नगरकमिटी उपाध्यक्ष रन्जु बल लगायतका नेताहरुको उपस्थिति रहेको उक्त कार्यक्रमलाई राजु लो तामाङले सञ्चालन गरेका थिए ।