logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

कानु समाज नेपालको हरिवन नगर दोस्रो अधिवेशन सम्पन्न ,११ सदस्य कार्य समिति चयन


  • उज्यालो अभियान

हरिवन, १० असार – कानु समाज नेपाल हरिवन नगर कमिटी दोस्रो नगर अधिवेशन तथा जिल्ला सभा आइतबार सर्लाहीको हरिवनमा सम्पन्न भएको छ ।

कानु समाज नेपाल जिल्ला अध्यक्ष मनोज साह कानुको प्रमुख आतिथ्यतामा तथा हरिवन मानजन राम सोगारथ साह कानुको अध्यक्षता कार्यक्रम आयोजना गरिएको थियो ।

दोस्रो नगर अधिवेशन तथा जिल्ला भेलाले रामबाबु साह कानु अध्यक्ष रहने गरि ११ सदस्य नयाँ कार्य समिती चयण गरेको छ । नगर कमिटीको उपाध्यक्षमा नरेश साह कानु, कोषाध्यक्ष छबिलाल साह कानु ,सचिबमा सुशील साह कानु, सह सचिव बैधनाथ साह कानु, सदस्यहरुमा बजरंगी साह कानु,अमरनाथ साह कानु,निरज साह कानु,लालु साह कानु,लाले साह कानु,लालबाबु साह कानु चयन भएका छन् ।

यसैगरि जिल्ला भेलाले कानु समाज नेपालको जिल्ला कार्य समितिको सुझाव सहित छ्लफल गरि आगामी योजनाको बारेमा छ्लफल भएको कानु समाज जिल्ला कार्य समिती सर्लाहीले जनाएको छ ।

अधिवेशनमा सहभागी अतिथि लगायत ज्येष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर समान गरिएको छ ।

कार्यक्रममा कानु समाज नेपालका पुर्व जिल्ला अध्यक्ष महेन्द्र साह कानु ,रामचन्द्र साह कानु,केन्द्रीय वरिष्ठ उपाध्यक्ष राम सागर साह कानु,राम प्रताप साह कानु, केन्द्रिय सदस्य विश्व नाथ साह कानु,जिल्ला अध्यक्ष मनोज साह कानु, जिल्ला सचिव स्याम बाबू साह कानु,उमाशंकर साह कानु लगायतको सहभागिता रहेको थियो ।

हरिवन ११ स्थित भएको अधिवेशन तथा जिल्ला भेला कानु समाज नेपालका जिल्ला उपाध्यक्ष रामपुजन साह कानुले स्वागत मन्तव्य राखेको कार्यक्रमको उदघोषण राजिव कुमार साह कानुले गरेका थिए ।