मलंगवा, ०७ असार – सर्लाही प्रहरीले गएको जेठ महिनाभर ७९ लाख बढीको अवैध भन्सार छलीका समान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भारतबाट भन्सार छलेर ल्याइएको ७९ लाख ५१ हजार १२३ रुपैयाँ बराबरको समान बरामद गरेर भन्सार कार्यालय मलंगवामा बुझाइएको हो । जेठ १ गतेदेखि ३२ गतेसम्ममा ती सामग्री बरामद भएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक श्रेष्ठले जानकारी दिए ।
अवैध रुपमा भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको विभिन्न किसिमका किराना समान, कपडा, स्टेसनरी, इलेक्ट्रोनिक्स, कस्मेटिक, मेसिनरी पार्टस तथा उक्त कार्यमा प्रयोग भएका सवारी साधन समेत गरी उक्त मूल्य बराबरको मालसमान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनायो ।