प्रतिकात्मक तस्बिर ।
बरहथवा, ०६ असार यहाँ आज बिहान करेन्ट लागेर दाईको मृत्यु भएको छ भने भाई घाइते भएका छन् ।
बरहथवा नगरपालिका–५, स्थित नेपाल टेलिकमको कार्यालयमा ट्रष्ट निर्माणको काममा खटिएका बरहथवा नगरपालिका–१०, बस्ने २१ वर्षीय आवोध ठाकुरको करेन्ट लागेर ज्यान गएको हो । ठाकुरलाई बरहथवामा सामान्य उपचारपश्चात थप उपचारका लागि सरस्वती अस्पताल हरिवन ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनायो ।
उक्त घटनामा मृतक आवोधका भाइ १९ वर्षीय आनन्द ठाकुर सामान्य घाइते छन् । आनन्दको बरहथवास्थित एडभान्स सन्जिवनी अस्पतालमा उपचार भइरहेको चलिरहेको छ ।