बलरा, ०४ असार – सर्लाहीको दक्षिण–पश्चिम क्षेत्रस्थित बलरा नगरपालिकामा आज अपराध न्यूनिकरण सम्वन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ ।
बलरा नगरपालिकाका नगरप्रमुख रामाशंकर प्रसाद कुशवाहाको अध्यक्षतामा जिल्लास्थित सुरक्षा अधिकारी र बलराका जनप्रतिनिधिको उपस्थितिमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा विकास निर्माणका कार्यमा सहजीकरण, लागूऔषध ओसारपसार र प्रयोग रोकथाम तथा नियन्त्रण, महिला हिंसा, लैंगिक हिंसा, चोरी, डकैतीलगायत अपराध न्यूनिकरणका विषयमा छलफल गरिएको छ ।
बलरा नगरपालिकाको कार्यालय हथियौलमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, भैरवीदल गण नवलपुरका गणपति सूर्यबहादुर कार्की, सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनाल, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख देवराज लिम्बु, बलरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशील कुमार साह, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यलगायतको उपस्थिति रहेको थियो ।